विराटनगरः पेट्रोलियम पदार्थमा हुने गरेको अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्न तथा श्रमजीवी वर्गको उच्च मूल्याङ्कन गर्न माग गर्दै राप्रपा मोरङ्गले शुक्रबार विराटनगरमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

साँझ ५ः३० बजेदेखि विराटनगरको पञ्चमुखी हनुमान मन्दिरबाट सुरु भएको जुलुस बजार परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो । राप्रपाका जिल्ला अध्यक्ष माधवप्रसाद आचार्यको अध्यक्षतमा भएको जुलुसमा मुलुकमा पछिल्लो पटक भइरहेका पेट्रोलियम पदार्थ लगायतका दैनिक उपभोग्य सामानको अस्वभाविक मूल्यवृद्धि, श्रमिकमाथि हुने गरेको श्रमको कम मूल्याङ्कन तथा संघीयताको खारेजी अनि महिलामाथि हुने गरेको हिंसाको गतिविधि रोक्न माग गर्दै मसाल जुलुस प्रदर्शन गरिएको राप्रपा मोरङ्गका सहप्रवक्ता प्रविण थापामगरले प्रदेश पोर्टललाई जानकारी दिए ।

raprapa julus2

मसाल जुलुसपछि भएको कोणसभामा राप्रपा केन्द्रीय महामन्त्री प्रह्लाद साह, केन्द्रीय  सहप्रवक्ता दिनेश साह, केद्रीय सदस्य केदार कोइराला, पार्टीका मोरङ्ग जिल्ला अध्यक्ष माधवप्रसाद आचार्य, जिल्ला सहप्रवक्ता शम्भु भट्टराई र पार्टीका मोरङ्ग जिल्ला सल्लाहकार दिलिप धाडेवाले सम्बोधन गरेका थिए । संघीयता खारेजीको मागलाई उठाएको राप्रपाले महिलामाथि हुने गरेका हिंसाको अन्त्य गर्नसमेत माग गरेको सहप्रवक्ता थापामगरले जानकारी दिए ।

290713641_1168702297035633_6241636043751917661_n  

कार्यक्रममा पार्टीका जिल्ला सल्लाहाकारहरु रेवत थापा, गोपाल कटुवाल, राजकुमार कार्की साथै पुर्व केन्द्रिय सदस्य नरेस राईको समेत उपस्थिती रहेको थियो । कोणसभाको कार्यक्रम शम्भु भट्टराईले सन्चालन गरेका थिए । 

raprapa konsabha.