इटहरीः सुनसरी जिल्लाका महत्वपूर्ण धामिर्क तथा पर्यटकिय क्षेत्र जोड्ने धार्मिक पर्यटकिय करिडोर बनाउन रामधुनी, बराहक्षेत्र र धरानका नगरप्रमुखहरु सहमत भएका छन् ।

शुक्रबार तीन वटै पालिकाका नगरप्रमुखहरको भेलाले धार्मिक पर्यटकीय करिडोर निर्माणका लागि सम्भाव्यता अध्ययन गरी डीपीआर तयार गर्ने सहमति गरेको हो ।
धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङ्ग, रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरी र बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की र अन्य तीन वटै पालिकाका विज्ञ इन्जिनियरहरुको भेलाले अन्तरपालिका धार्मिक पर्यटकीयस्थलहरुको करिडोर (झुम्का बजारबाट रामधुनी मन्दिर, कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र, बराहक्षेत्र मन्दिर, सूर्यकुण्ड, विष्णुपादुका, भालढुङ्गा हुँदै धरानको दण्तकाली, बुढासुब्बा, पिण्डेश्वरबाट पुनः रामधुनीको रास, जुडी, शंकरबेली हुँदै बरहाक्षेत्रको अमहा जोड्ने सडक निर्माणको डीपीआर तयार गर्ने निर्णय गरेको छ ।

khelkud add.

religious corridor3

भेलाले पटनाली बीपी हुँदै धनकुट्टे जोड्न सडक पूर्वाधार निर्माण गर्न र रामधुनी ,बराहक्षैत्र र धरानको संयुक्त ल्यान्डफिल्ड साइट निर्माण गर्न सम्भाव्यता अध्ययन गरी डीपीआर आईईई गर्ने निर्णयसमेत गरेको छ । 

धार्मिक पर्यटकीय करिडोर निर्माण गर्ने योजनाअनुरुप रामधुनी नगरपालिकादेखि कोसीटप्पु हुँदै बराहाक्षेत्रको महत्वपूर्ण धार्मिक पर्यटकीयस्थलहरुको अवलोकन गर्दै धरानको दन्तकाली, बुढासुब्बा र पिण्डेश्वर पुग्न सकिने र पुनः रामधुनीको रास ताल, जुडी र शंकरबेली भ्रमण गर्न सकिने हुँदा धार्मिक पर्यटनसँग जोड्न उक्त योजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । 

तीन पालिकाका नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियर सहितको भेलाले धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका र रामधुनी नगरपालिकाको संयुक्त ल्याण्डफिल्ड साइड निर्माण गर्ने सहमतिसमेत भएको छ । ल्याण्डफिल्ड साइड कहाँ निर्माण गर्ने भन्ने भने टुङ्गो लागी नसकेको बताइएको छ ।