इटहरीः उदयपुरको त्रियुगा नगरपालिका ३ ,मोतिगडाका २६ वर्षीय अजय मल्लिकको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
हिजो साँझ ६ः३० बजे अजय मल्लिक र उनकी श्रीमती पुनिता मल्लिकले उनकै बहिनी शोभा मल्लिकको घरबाट करेन्ट सहितको तार टाँगी सोही स्थानमा रहेको गुहे खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफैंलाई करेन्ट लागी बेहोस भएका अजयको उनकै श्रीमतीले जिल्ला अस्पताल उदयपुरमा ल्याई उपचार गराउने क्रममा साँझ ६ः४५ बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।