इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका –१२ चौकी मोडस्थित कोशी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको बिहार घर भई हाल इटहरी उपमहानगरपालिका –१२ स्थित रिलायन्समा काम गर्ने ५० वर्षीय लालुप्रसाद विश्वास रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

हिजो अपराहन्न ४ः४५ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमति प्रदेश –०२–०३१ प ०६११ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको साइकललाई ठक्कर दिई दुर्घटना हुँदा गम्भीर घाइते भएका साइकल यात्री विश्वासको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा राति ८ः३० बजे मृत्यु भएको थियो ।

मोटरसाइकल चालक काठमाडौँको नागर्जुन नगरपालिका –८ बस्ने २६ वर्षीय सुवास तामाङ र पछाडि सवार संखुवासभाको सभापोखरी गाँउपालिका ६ बस्ने २५ वर्षीया शिखा लिम्बूसमेत घाइते भई खनारस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको र मोटरसाइकल प्रहरी चौकी खनारको नियन्त्रणमा रहेको प्रहरीले जनाएकोे छ ।

khelkud add.