इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका १७ पकली चौकस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामधुनी नगरपालिका ५ का ७५ वर्षीय मंगलु चौधरी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

हिजो अपराहन्न ४ः३० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ७७९५ नम्बरको बसले बाटो काट्न लागेका बेला ठक्कर दिँदा गम्भीर घाइते भएका चौधरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा साँझ ७ः३० बजे मृत्यु भएको हो । \

ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

286270561_563041665224998_4738540197123850165_n (1)