इटहरीः झापाको कन्काई नगरपालिका ८ मा खोलामा डुबेर एक ६ वर्षीय बालकको मृत्यु भएको छ ।
स्थानीय बिरिङ खोलामा डुबेर बिर्तामोड नगरपालिका १ घर भएका नवीन ओलीका छोरा सर्वजित ओलीको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो बाबुसँग पिक्निक स्पटमा घुम्न गएका बालक खेल्ने क्रममा हराएकोमा हराएको स्थानबाट पाँच सय मिटर दक्षिणतर्फ आज उनको शव भेटिएको हो ।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।