इटहरीः खोटाङको रावाबेँसी गाउँपालिका ६, हौँचुरस्थित डाँडागाउँमा गएराति गएको पहिरोले एक घर बगाएको छ ।

अविरल वर्षापछि गएको पहिरोले स्थानीय बलराम खत्रीको घर बगाएको वडाध्यक्ष चिरञ्जीवी कार्कीले जानकारी दिए ।

उनका अनुसार पहिरोले अर्का स्थानीय भैरवबहादुर राईको घरमा पालिएको एउटा र एउटा भैँसीको पाडा पुरिएको छ । पहिरो जाने क्रम अझै जारी रहेकाले यस क्षेत्रका १० घर जोखिममा रहेको बताउँदै वडाध्यक्ष कार्कीले बस्ती नै अन्यत्र सार्ने तयारीमा आफूहरु रहेको जानकारी दिए ।

ad