ad

धरानः धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले ‘से नो टु ड्रग्स’ अभियान सुरु गरेका छन् ।

धरानको भानुचौकमा मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्र विक्रम बेघा सहितको समूहले लागुऔषध विरुद्धको प्लेकार्ड बोकेर लागुऔषधको साङ्केतिक विरोध कार्यक्रममा मेयर साम्पाङले धरानको मुख्य समस्या खानेपानी भएकोले यसमा आफू निर्वाचित भए देखिनै लागि परेको र खानेपानीको स्रोतमा सुधार भएको बताए ।

उनले धरानमा लागुऔषका प्रयोगकर्ताका कारण आपराधिक घटनाहरू बढेको भन्दै लागुऔषधको विरुद्धमा सबै लाग्नु पर्ने बताए । उनले लागुऔषध नियन्त्रणको लागि धरानमा अव देखि हरेक साता ‘से नो टु ड्रग्स’ अभियानलाई पनि निरन्तरता दिने बताएका छन् ।

l