इटहरीः इलामको इलाम नगरपालिका–१ मिलगोलाईमा भएको जिप दुर्घटनामा परी ११ जना गम्भीर घाइते भएका छन् ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जिप मेची राजमार्गको इलाम–नेपालटार सडकखण्डमा दुर्घटना भएको हो ।

290885600_350519127160321_1195538426186650527_n_66S3gXUQ2m

जिप राजमार्गबाट तीन सय मिटर तल खस्दा घाइते भएकामध्ये गम्भीर अवस्थाका चार जनालाई उपचारार्थ झापा पठाई अन्यको उपचार इलाम अस्पताल सुरु गरिएको डीएसपी तिम्सिनाले बताए । उनका अनुसार घाइतेहरुको सनाखत भइसकेको छैन ।