इटहरीः लायन्स क्लब अफ रामधुनी सिटी लायन्स क्लब अफ रामधुनी, लियो क्लब अफ रामधुनी सिटी र लियो क्लब अफ रामधुनीको संयुक्त आयोजनामा शुक्रबार झुम्कामा रक्तदान कार्यक्रम गरिएको छ ।

रामधुनी नगरपालिका वडा नम्बर १ झुम्कास्थित ओम साई अस्पतालमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

blood donation1

रक्तदानमा लियो र लायन्यका सदस्य, पदाधिकारीलगायत ५७ जनाले रक्तदान गरेको र ५७ पिन्ट रगत संकलन भएको लियो डिष्ट्रिक ३२५ सी का जोइन्ट ट्रेजर गोविन्द आचार्यले जानकारी दिए ।

blood donation 2