इटहरीः मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर र २ नम्बर ढाटबाट लागुऔषधसहित ४ जना पक्राउ पक्राउ परेका छन् ।
हिजो दिउसो १२ः१५ बजे लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले २ नम्बर ढाटछेउबाट भारतबाट नेपालतर्फ आउँदै गरेका मोरङको सुन्दरहरैँचा नगरपालिका ४ का २६ वर्षीय पवन घिमिरे र सुन्दरहरैचा नगरपालिका ६ का २७ वर्षीय विजय राईलाई लुपिजेसिक १२ ऐम्पुल, फेनारगन १२ ऐम्पुल, डाईजोपाम १२ ऐम्पुल र ऐभिल १२ ऐम्पुल सहित पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार सोही दिन दिउसो २ः०० बजे १ नम्बर ढाटबाट लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले बा३५प २७१४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको सुन्दरहरैँचा नगरपालिका १२ का २० वर्षीय अभिषेक चौधरी र पछाडि सवार सुन्दरहरैँचा नगरपालिका १२ कै १९ वर्षीय निशान गुरुङलाई नाइट्राभेट १० – ३० ट्याबलेटसहित पक्राउ गरेको छ । पक्राउ परेका चारै जनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।