इटहरीः धनकुटा धनकुटा नगरपालिका १ स्थित हिले माध्यमिक विद्यालयअगाडि सुरक्षा जाँचको क्रममा लागूऔषध ब्राउनसुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थान बस्ने २२ वर्षीय गोविन्द विश्वकर्मा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार
हिजो साँझ ७ः०० बजे प्रहरी चौकी हिले धनकुटाबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागूऔषधब्राउन सुगर १७० मिलिग्राम बरामद गरेको थियो ।
पक्राउ परेका विश्वकर्माका सम्बन्ध्मा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।