इटहरीः झापाको कचनकवल गाउँपालिका ४ नयाँ बस्ती बस्ने भीमबहादुर लिम्बूको ११ वर्षीय छोरा रिसान लिम्बूको माछा पोखरीमा डुबी मृत्यु भएको छ ।

हिजो अपराहन्न १२ः३० बजे सोही स्थानमा रहेको माछा पोखरीमा डुबेको अवस्थामा स्थानीयले देखी प्रहरीलाई जानकारी गराउनासाथ इलाका प्रहरी कार्यालय केचनाबाट प्रहरी टोली खटी गई बालकको उद्धार गरी उपचारका लागि पब्लिक केयर अस्पताल बनियानी पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।