इटहरीः झापाको बुद्धशान्ति गाउँपालिका ५,आयाबारीमा एक जङ्गली हात्ती मृत भेटिएको छ ।
स्थानीय मीना कार्कीको खेतमा मृत अवस्थामा फेला परेको किशोरावस्थाको हात्तीको मृत्युको कारण भने पत्ता लाग्न नसकेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार स्थानीयको सूचनाका आधारमा घटनास्थलमा पुगेको प्रहरीले हात्तीको सुँड, दाह्रा, खुर र पुच्छरमा कुनै चोटपटक छैन ।
हात्तीको मृत्युको कारणबारे प्राविधिक परीक्षणपछि मात्र यकिन गर्न सकिने जिल्ला वन कार्यालय झापाका रेञ्जर कुलप्रसाद भट्टराईले बताए । १० वर्षयता झापामा कम्तिमा ११ ओटा हात्ती मरेको छ ।