धरानः स्थानीय सरकारमा कार्यरत कर्मचारीले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न नपाउने व्यवस्था लागू गर्न माग गर्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई अभिभावक संघ धरानले ज्ञापन पत्र बुझाएको छ ।

बिहिबार अभिभावक संघ नेपाल धरान उपमहानगर समितिले धरान उपमहानगरका कर्मचारीहरुको संस्थागत विद्यालयहरुमा लगानीका कारण स्वार्थ बाझिएको र स्थानीय सरकारको भुमिकामा प्रभाव परेको भन्दै लगानी गर्न नपाउने व्यवस्था गर्न माग गरेको हो ।

ज्ञापन पत्रमा ‘स्थानिय सरकारका कर्मचारीले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न नपाउने व्यवस्था गरियोस’ भन्ने उल्लेख छ । साथै आफूखुसी शुल्क बृद्धि गर्ने संस्थागत विद्यालयलाई कारबाहीको माग गर्न पनि माग गरेको छ ।

अभिभावक सङ्घ धरान उपमहानगर समितले स्थानिय सरकारको निर्देशन अटेर गरि प्रत्येक वर्ष अनियन्त्रित शुल्कवृद्धि गर्ने संस्थागत विद्यालयहरुलाई कानुनी कार्वाही गर्न माग गरेको छ । समितिले शुल्क वृद्धि नियन्त्रण गर्न सहितका १४ बुँदे माग ज्ञापन पत्र गरिएको छ । समितिले स्थानीय सरकारद्वारा जारी शिक्षा ऐन २०७८ संशोधन गरी अभिभावकको अधिकार सुनिश्चित माग गरेका छन् ।

eduu

सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बढाउन र सामुदायिक विद्यालय मै अध्ययनका लागी प्रोत्साहित गरी अङ्गे्रजी माध्यममा पढाउन माग गरेका छन । सामुदायिक र संस्थागत विद्यालयको पाठयक्रम, पाठयपुस्तक र शैक्षिक सामाग्रीमा एक रुपता कायम गर्न, उपमहानगरका कर्मचारीहरुको संस्थागत विद्यालयको लगानीका कारण स्वार्थ बाझिएको ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।

सामुदायिक विद्यालयहरुको स्तरोन्नतिका लागि ठोस कार्यक्रम ल्याउन, सामुदायिक र संस्थागत विद्यालयमा नगर स्तरीय ‘नैतिक शिक्षा’ पाठ्यक्रममा सामेल गराउन, शिक्षा नियमावली तत्काल जारी गर्न माग गरेका छन् । स्थानीय सरकारको निर्देशन अटेर गरि प्रत्येक वर्ष अनियन्त्रित शुल्क वृद्धि गर्ने संस्थागत विद्यालयहरुलाई कानुनी कार्वाही गरि गर्न माग गरेका छन् । साथै शुल्कवृद्धि नियन्त्रण गर्न, संस्थागत विद्यालयको शुल्क निर्धारण गर्न, संस्थागत विद्यालयहरुको नियन्त्रण, नियमन प्रभावकारी गर्न, सामुदायिक र संस्थागत विद्यालयको पोसाक, जुत्ता, मोजा, व्यागमा एकरुपता कायम गर्न माग गरेको अभिभावक सङ्घ धरानका अध्यक्ष बिनोद तिमिल्सिनाले जानकारी दिए ।

सामुदायिक र संस्थागत विद्यालयहरुमा सरसफाई र विद्यार्थी अनुपातको शौचालय, मापदण्ड अनुसारको शुद्ध पिउने पानी कायम गर्न र नियमित निरिक्षण गर्न माग गरेका छन् । धरान उपमहानगर पालिका शिक्षा तथा खेलकुद महाशाखा र अभिभावक सङ्घको रोहवरमा शिक्षा ऐन र नियमावली अनुसार प्रत्येक विद्यालयमा अभिभावक सङ्घ गठन गर्न माग गरेका छन् ।