इटहरीः सुनसरीको धरान उपमहानगरपालिकास्थित महेन्द्र बहुमुखी क्याम्पसको जग्गा संरक्षणाका लागि पालिकाका मेयर हर्क साम्पाङ मध्यस्थकर्ताका रुपमा खडा भएका छन् ।
मेयर साम्पाङले जग्गा विवादमा संलग्न रहेका क्याम्पस प्रशासन, मोही दाबी गर्दैै क्याम्पसविरुद्ध मुद्दा चलाउने मोही डम्बरबहादुर क्षेत्रीका छोरा यज्ञ घिमिरे र क्याम्पस जग्ग बचाउ समितिबीच सम्वाद गराई विवाद समाधानको प्रयास थालेका हुन् ।
धरानः महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा भुमाफियाको कब्जामा पुग्न नदिन मेयर हर्कराज राई (साम्पाङ)ले सरोकारवाला पक्षबीच मेलमिलाप गराउन पहल गरेका छन् । त्रिपक्षीय वार्तापछि प्रतिकृया दिँदै मोहीका छोरा घिमिरेले क्याम्पससँग मेलमिलापमा आउन आफू तयार रहेकोे बताए ।
वार्तामा जग्गा बचाउ समितिका तर्फबाट पूर्वक्यााम्पस प्रमुखसमेत रहेका संयोजक कुमारबहादुर कार्की र क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख दामोदर भण्डारी, पूर्वक्याम्पस प्रमुख चन्द्रकुमार राई, वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र फागो र वडा नम्बर १६ का अध्यक्ष मुरारी भट्टराई सहभागी थिए ।
क्याम्पसले किनेको जग्गामा ४० वर्षपछि मोहीको हक लाग्ने भूमिसुधार कार्यालय सुनसरीको निर्णयविरुद्ध क्याम्पस प्रशासन उच्च अदालत विराटनगरमा रिट लिएर पुगेपछि अदालतले मुद्दा मेलमिलापमा पठाएको हो । असार १९ गतेसम्म मेलमिलापका लागि अन्तिम प्रयास गरिनेछ ।
२०३४ सालमा क्याम्पसले धरान ११ को स्वस्तिक चौकस्थित कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा मोहीलाई चित्त बुझाएरै खरिद गरेको भएपनि सोको लगत भूमिसुधार कार्यालयमा कट्टा नभएकाले हालसम्म मोही कायमै देखिएको हो । मोही कायमै देखिएपछि भूमाफियाहरुले मृत्यु भइसकेका मोहीका छोरालाई खडा गरी जग्गामा विवाद गर्न खोजेको जानकारहरुको भनाइ छ ।