इटहरीः बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

छापावाल सुनको मूल्यमा प्रतितोला ३०० रुपैंयाँको गिरावट आई आज ९७ हजार पाँच सय रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघल जनाएको छ ।

छापावाल सुन हिजो प्रतितोला ९७ हजार आठ रुपैंयाँमा कारोबार भएको थियो । यसैगरी, तेजाबी सुनको मूल्यमा पनि तीन् सय रुपैयाँकै गिरावट आएको छ ।

हिजो प्रतितोला ९७ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ९७ हजारमा कारोबार भइरहेको महासंघको भनाइ छ ।

त्यस्तै आज चाँदीको मूल्यमा हिजाको तुलनामा प्रतितोला मूल्यमाा पाँच रुपैयाँले गिरावट आएको छ ।

हिजो एक हजार दुई सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २३५ रुपैंयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।