भरतपुरः विदेशमा पढन जाने विद्यार्थीहरुका लागि भरपर्दो शैक्षिक परामर्श र भाषा कक्षा सञ्चालन गर्दै आएको जेन्युन एजुकेशन एण्ड भिजा सर्भिसेजले चितवनको हाकिम चोकबाट बुधबार औपचारिक रुपमा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ ।
जेन्युन एजुकेशन एण्ड भिजा सर्भिसेजको चितवन शाखाको बुधबार उद्घाटन गरेसंगै उसको सेवा औपचारिक रुपमा शुरुवात भएको हो । सर्भिसेजको चितवन शाखा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि स्थानीय लक्ष्मी उच्च माविका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका हरिदास सापकोटाले गरे ।
उनले शाखा कार्यालय उद्घाटन पछि आफ्नो धारणा राख्दै नेपाली विद्यार्थीहरुलाई विदेशीनु रहरभन्दा पनि बाध्यता भएको बताए । उनले विद्यार्थीहरुलाई सधै विदेशमा बस्नुभन्दा पनि पढिसकेपछी विदेशमा सिकेको सीपलाई आफ्नै देशमा सदुपयोग गर्न आग्रह पनि गरे ।
सापकोटाले अहिले व्यवसायिक शिक्षा अपरिहार्य रहेको बताउदै सुनौलो भबिष्य खोजेका विद्यार्थीहरु लाई जेन्युन एजुकेशन एण्ड भिजा सर्भिसेज अग्रणी स्थानमा रहेको जनाउँदै चितवनको परिवेशमा सधै अगाडी बढ्न सर्भिसेजलाई शुभकामना समेत दिए ।
कार्यक्रमका बिशिष्ठ अतिथी जेन्युन एजुकेशन एण्ड भिजा सर्भिसेज काठमाण्डौ शाखाका म्यानेजिङ्ग डाईरेक्टर खगेन्द्र उप्रेतीले अष्ट्रेलियाको मेलर्वलमा मुख्य कार्यालय रहेको यस सर्भिसेजले नेपालका विभिन्न जिल्लाबाट शाखा विस्तार गरी भाषा कक्षाका साथ परामर्श दिईरहेको बताए । उनले कन्सल्टेन्सीले विद्यार्थीहरुको पढाईका लागि भिजा, राम्रो कलेजको छनौट, पिआर लगायत हरेक समस्याहरुसंगै साथमा रहेर सेवा सुविधा दिने बताए ।
नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि अष्टे«लिया पठाउने , आईएलटीयस र पिटिईको कक्षा सञ्चालनदेखि शैक्षिक परामर्श दिने काम सर्भिसेजले गर्ने चितवन शाखाका प्रमुख विजयकुमार खड्काले बताए ।कार्यक्रममा वीरेन्द्र क्यापसका प्राध्यापक राजेन्द्र गिरीले विदेश गएपनि आफ्नो भाषा, संस्कार र रहन सहनलाई नर्विसन विद्यार्थीहरुलाई आग्रह गरे ।
उनले बैदेशिक शिक्षाका देश बाहिर जाने विद्यार्थीहरुले बिदेश गएर ज्ञान आर्जन पछि देश भित्रै फर्केर ज्ञान र सीपको उपयोग गर्नु पर्ने बताउदै पैसा भन्दा पनि शिक्षा हासिलका लागि अन्य देश जानका लागि उनको सुझाव थियो । कार्यक्रममा संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत चितवन मानव सेवा आश्रमका उपाध्यक्ष विनोद ढकाललाई नगद २५ हजार सहयोग समेत गरेको छ ।