इटहरीः प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बर्षायाममा हुने प्राकृतिक विपद व्यवस्थापनको तालिम सञ्चालन गरेको छ ।

सुनसरीको रामधुनी स्थित झुम्काको कल्पवृक्ष पार्टी प्यालेसमा सञ्चालन भएको तालिममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीका ९० जना भन्दा बढीलाई आर्मी र प्रहरीकै विज्ञ टोलीले प्रशिक्षण दिएका छन् ।

तालिममा विपद आउनुभन्दा पहिले गर्नुपर्ने सतर्कता, विपदको वेला गरिने राहत तथा उद्धार विपद पश्चात गर्नुपर्ने कामको बारेमा विपद व्यवस्थापनको लागि खटिने टोलीलाई दिक्षित गराइएको छ ।

290130788_705945553841714_7298842806192512674_n

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जाडोको समयमा, धेरै आगलागी हुने समयमा तथा धेरै बर्षा र विपद हुने समयमा फरक फरक प्रकारका तालिमहरु सुरक्षा निकायका विपद व्यवस्थापन टिमलाई दिने गरेको आन्तरिक मामिला मन्त्रालय प्रदेश १ का अधिकृत देवराज भट्टराईले बताए ।

बुधबारबाट सुरु भएको सुरक्षा निकायको अन्तरक्रिया र तालिम बिहिबार चतरा स्थित सप्तकोशी नदीमा अभ्यास सहित सम्पन्न हुने भएको छ । बिहिबारको तालिमको नेतृत्व सशस्त्र प्रहरी बल १ नम्बर बाहिनीका डिएसपी विरेन्द्र खनालले गरेका थिए ।

290424179_1074103040174904_758139468881084642_n