विराटनगरः प्रदेश नं.१ बाट सरुवा भएका प्रमुख सचिव डा.रामप्रसाद घिमिरेको आज बिदाइ कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश नंं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री राजेन्द्रकुमार राईले सचिव घिमिरेको बिदाइ गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सचिव घिमिरेसँग छोटो समयमात्रै सहकार्य गर्न पाएको उल्लेख गरे । छोटो समयको सहकार्य भए पनि उनले राम्रो छाप छोडेको अनुभव मुख्यमन्त्री राईले सनाए ।

20220629_112126(0)

मुख्यमन्त्री राईले सचिव घिमिरेमा भद्रता, शालीनताजस्ता केही लोभलाग्दा गुण आफूले पाएको उल्लेख गरे । ‘सचिव घिमिरे विषय विज्ञका रुपमा पूर्ण हुनुहुन्छ’ मुख्यमन्त्री राईले भने ।

यस्तै, सचिव घिमिरेले प्रदेश नं। १ मा कार्यरत रहँदा आफूले सबै क्षेत्रबाट सहयोग पाएको बताए । उनले निजामति प्रशासन सँधै सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने उल्लेख गरे ।

सचिव घिमिरेको सरुवा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छ । उनको बिदाइ कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवहरू, कर्मचारी, मुख्यमन्त्रीका सल्लाहकारहरू लगायतको उपस्थिति रहेको थियो ।