इटहरीः सोमबार रातिदेखि सुरु भएको मनसुनी वर्षाका कारण सप्तकोसी नदीमा बहाव उच्च भएपछि कोसी बराज प्रशासनले खतराको संकेत प्रकट गर्ने रातो बत्ति बालेको छ ।

नदीमा पानीको बहाव एक लाख ५० हजार क्युसेकभन्दा बढी भए खतराको संकेतस्वरुप रातो बत्ति बाल्ने प्रचलनअनुसार रातो बत्ति बालिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । कोसी बराज कन्ट्रोल रुमका अनुसार आज सप्तकोसी नदीको बहाव एक लाख ५८ हजार एक सय २५ क्युसेक पुगेको छ ।

बुधबार पानीको बहाव एक लाख ५८ हजार १२५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । एक लाख ५० हजार क्युसेकभन्दा बढी बहाव भएपछि त्यसलाई खतरा मान्ने गरिन्छ । बहाव बढेपछि बराज प्रशासनले बराजका ५६ मध्ये २१ ढोका खुला गरेको छ ।