इटहरीः आज राष्ट्रिय धान दिवस तथा असार १५ को अवसर पारेर इटहरीमा संचालित गते नरबहादुर कर्माचार्य बहुप्राबिधिक शिक्षालयले धान रोपाई महोत्सवको आयोजना गरेको छ ।
सो शिक्षालयमा कृषि,बालिबिज्ञान संकायकामा अध्ययनरत बिद्यार्थीहरु, शिक्षालय सञ्चालक समितिका पदाधिकारीहरु, शिक्षक तथा प्रशासनका कर्मचारीहरुको महोत्सवमा सहभागीता रहेको थियो ।
महोत्सव इटहरी ३ ,याक्थुम चोक किसान बुधे थारुको एक विगाह जग्गामा रन्जित जातको धान रोपेको धान रोपाई महोत्सव संयोजक तथा शिक्षालयका कर्मचारी सेमन्त उपाध्याय खनालले जानकारी दिएका छन् ।
धान रोपाई महोत्सवको उद्घाटन प्रतिष्ठानका अध्यक्ष एकचन्द्र(निर्मल) बरालले गरेका थिए । महोत्सवमा इटहरी उपमहानगरपालिकाको ३ नम्बर वडाका वडाध्यक्ष उमेश सुवेदी बिषेश अतिथिका रुपमा सहभागी थिए ।
महोत्सवमा शिक्षालयका ५ विद्यार्थी, स्थानीय २० महिलाहरुको पनि सहभागीता रहेको शिक्षालयका प्रिन्सिपल अर्जुन उप्रेतीले जानकारी दिएका छन् । धान रोपाई महोत्सवमा सहभागी सबैलाई दही, चिउरा, केरा र आँप खाजाका रुपमा खुवाइएको थियो ।