विराटनगरः बाढीबाट विस्थापित भएकाहरुलाई विद्यालयमा सेल्टर बनाई राख्नु पर्ने जनाउँदै विराटनगर महानगरका सबै विद्यालयहरु ३ दिनसम्ममा बन्द गरिने भएको छ ।

महानगरले मंगलबार(आज) सूचना जारी गर्दै भोलि अर्थात असार १५ बाट १७ गतेसम्म सबै विद्यालयका पठपाठन बन्द गर्ने जनाएको हो । महानगर स्तरीय निर्णय भए अनुसार सूचना जारी गरिएको बताइएको छ ।

निरन्तर वर्षाका कारण पठनपाठनमा समेत समस्या भएको सूचनामा जनाइएको छ । महानगरभित्रका संस्थागत, सामुदायिक र परम्परागत विद्यालयलाई बाढीबाट बच्न अस्थायी सेल्टरका रूपमा प्रयोग गर्नुपर्ने भएकाले पठनपाठन बन्द गर्नुपरेको नगरले सूचनामार्फत जनाएको छ ।

विराटनगरमा मात्रै १५ सयबढी परिवार बाढीबाट विस्थापित भएका छन् । उनिहरुलाई सुरक्षित स्थानमा ल्याउने कार्यजारी राखिएको छ । विस्थापित परिवारलाई विद्यालयलाई अस्थायी सेल्टर बनाएर राख्न थालिएको छ । 

42437d35-972d-476b-a80f-bea60de44edf