धरानः मितेरी फुटसलको आयोजनामा सुनसरीको धरान ११ मा आजदेखि बी क्याटेगोरीको फुटसल प्रयिोगिता सुरु भएको छ ।

धरान ११ का वडाध्यक्ष लोकेन्द्रकुमार फागो र धरान १६ अध्यक्ष मुरारीप्रसाद भट्टराईले संयुक्त रुपमा उद्घाटन गरेसँगै प्रतियोगिता सुरु भएको हो । उद्घाटनलगत्तै सुरु भएको खेलमा मितेरी बी ले विजय प्राप्त गरेको थियो । यसैगरी, मितेरी ए, मेन्छ्याम एफसी, विग फुट, एथलेटिक धरान, एफएफसी, स्पोटस् एरिना ए, ८ युनिटी र ट्युस्डे एफसी विजयी भएको कार्यक्रमका सभापतिसमेत रहेका मितेरी फुटसलका सञ्चालक लुकेन्द्र राईले बताए ।

footsal2

 

उनका अनुसार मितेरी फुटसलको एकल प्रयासमा प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताका विजेताले ५० हजार नगद र उपविजेताले २५ हजार नगद प्राप्त गर्नेछन् । व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ठ गोलकिपर ,उत्कृष्ठ खेलाडी र उत्कृष्ठ नवउदयीमान खेलाडीले नगद २५ सय र स्पोर्ट सुज दिइने सञ्चालक राईले जानकारी दिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अितिथि धरान ११ अध्यक्ष फागोले अगामी कार्यक्रममा वडाले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । footsal3