इटहरीः गएरातिदेखि सुरु भएको मनसुनी वर्षा रोकिने संकेत नदेखिएपछि बाढीबाट उत्पन्न हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण, राहत तथा उद्धारका लागि इटहरी उपमहानगरपालिकाले हटलाइन नम्बर जारी गरेको छ ।

उपमहानगरपालिकाले सामान्य अवस्थामा दमकल परिचालन सम्पर्क नम्बरको रुपमा प्रयोग भइरहेको ०२५ ५८०१०१ लाई विपद् हटलाइनका रुपमा सञ्चालनमा ल्याएको हो । यसैगरी, उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको मोबाइल नम्बर ९८५२०४८६४८, उपमेयर सङ्गीता चौधरीको मोबाइल नम्बर ९८५२०७४९९१, उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताको मोबाइल नम्बर ९८५२०७०१११ र विपद् फोकल पर्सनको मोबाइल नम्बर ९८५२०४६५६२ लाई नगरस्तरीय हटलाइन नम्बरका रुपमा प्रयोगमा ल्याएको छ ।

यसैगरी, प्रत्येक वडाका निर्वाचित वडाध्यक्षको मोबाइल नम्बरलाई पनि उपमहानगरले वडास्तरीय हटलाइनका रुपमा प्रयोग गर्न सकिने जनाएको छ । विपद् जोखिममा परेका जोकोहीले पनि यी नम्बरहरुमा जुनसुकै बेला सम्पर्क गरी सहयोग माग्न सक्ने उपमहानगरपालिकाले जनाएको छ । स्थानीय जनप्रतिनिधिहरुले पानीको निकासको व्यवस्थापन तथा उद्धारका कार्यमा सहयोग गर्नेछन् ।

291148038_356431676623553_6057624449907286134_n