इनरुवाः इनरुवा नगरपालिकाका नगर कार्यपालिकाको नाममा दर्ता रहेका तीन दर्जनभन्दा बढी मोटरसाइकल कार्यालय सहयोगीदेखि सवारी चालकसम्मले प्रयोग गर्ने गरेको पाइएको छ ।

इनरुवा नगरपालिकाका नाममा यातायात व्यवस्था कार्यालयमा दर्ता भएका विभिन्न कम्पनीका तीन दर्जन मोटरसाइकलहरु कार्यालयका विभिन्न तहका कर्मचारीहरुले इन्धन सुविधासहित प्रयोग गरिहेका हुन् ।

इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीका अनुसार निर्वाचित भएर कार्यालयको बारेमा जानकारी लिने क्रममा तीन दर्जनभन्दा बढी मोटरसाइकल कर्मचारीले प्रयोग गरिहेको फेला परेको हो ।

मेयर भण्डारीले अघिल्लो कार्यकालका जनप्रतिनिधिहरुले प्रयोग गरेको मोटरसाइकल धेरैजसो फिर्ता दिइसकेको र केही दिने प्रकृयामा रहेको बताए ।

उनले कार्यालयका सवारी साधनहरुको उपभोग नगरपालिका र नगरवासीको हितमा उपयोग गर्ने तयारी भइरहेको जानकारी दिँदै जथाभावी प्रयोग गर्ने विषयलाई निरुत्साहन गर्न आफू लागिपरेको बताए ।

इनरुवा नगरपालिकाका अनुसार स्कुटर प्र १– ०२–०४२प –६५०५, यामाहा कम्पनीको को १ ब ३०८१, यामाहा कम्पनीको को १ ब ३०७६, स्कुटर को ३५ प ८१९२, पल्सर कम्पनीको को ३८ प ९२९३, स्कुटर को २७ प १८ बजाज कम्पनीको को १ ब १७६९, को ३३ प २८१, को १ ब १७७१, को १ ब १७७४, को १ ब १७७८, को १ ब १६३४, को १ ब १७७५, को १ ब १७७२,को ३२१ प ३७५१ रहेका छन् ।

को १ प १७०, को २७ प १७७१, को २६ प ४९५१, को २३ प ८८३७, बा१ब ४२७४, को१ब २४८७, को१ब ३०७२, को८प ९८८८, को८प १६६९, को१ब १७७३, को१ब १६६८, को१ब १९०१, को२८प ४७७०, को१ब १७७०, को१ब १९५९, को१ब १७६७, बा२ब ५१३, बा२ब ५१५, बा१ब ७५६०, बा२७प ६५१३ र एक थान डिस्कभर कम्पनीको मोटरसाइकल इन्धन सुविधासहित विभिन्न तहका कर्मचारीहरुले प्रयोग गरिरहेका छन् ।

मोटरसाइकल र इन्धन सेवा प्रयोग भइरहेका मोटरसाइकलहरु अधिकांश इनरुवा नगरपालिका कार्यालयभित्रै घर भएका कर्मचारीहरुले प्रयोग गरिरहेका छन् ।

त्यसमा पनि आफ्नो निजी सवारी साधन हुनेहरुले समेत आफ्नो मोटरसाइकल थन्काएर नगरपालिकाको इन्धन सुविधासहितको मोटरसाइकल प्रयोग गरिरहेको बताइएको छ ।

इनरुवा नगरपालिकासँग चार दर्जनभन्दा बढी मोटरसाइकल रहेपनि करिब आधा दर्जन मोटरसाइल नगरपालिकाको सम्पर्कमा नरहेको बताइएको छ ।

स्वयम मेयर भण्डारी भने नगरपालिकाको सवारी साधन नचढी आफ्नो निजी सवारी साधन चढिरहेका छन् । उनले मेयरको सपथ लिएकै दिनबाट आफ्नो निजी सवारी साधन चढिरहेका छन् ।

नगरपालिकाको तीन वटा चार चक्के सवारीसाधनमध्ये एक नगरप्रहरीले, एक कर्मचारीहरुले प्रयोग गरिरहेका छन् भने एउटा सवारी अहिलेसम्म बेपत्ता अवस्थामा छ ।