इटहरीः उदयपुरको कटारी नगरपालिका ६, जलजलेमा एक १४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ ।

गत जेठ २७ गते राति दुई जनाको समुहले बालिकालाई बलात्कार गरेको भन्ने उजुरी परेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सोही ठाउँ बस्ने २० वर्षीय राजकुमार रम्तेल र २२ वर्षीय देवराज खत्रीविरुद्ध बलात्कार आरोपमा किटानी जाहेरी दर्ता भएपछि अभियुक्तहरुमध्येका रम्तेललाई पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । अर्का अभियुक्त खत्री भने फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।