इटहरीः मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित सडकको पेटीमा आज दिउँसो एक पुरुषको शव फेला परेको छ ।

अन्दाजी ५५ वर्षीय मृतक पुरुषको पहिचान खुल्न नसकेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । केहीबेरअघि सडकमै हिँडिरहेका पुरुषको शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयले दिएको जानकारीका आधारमा परिचालित प्रहरीले शव पोस्टमार्टमका लागि रङ्गेली अस्पताल पठाइ घटनाको अनुसन्धान सुरु गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए । उनका अनुसार मृतक पुरुषले विगत चारपाँच महिनादेखि डाइनिया क्षेत्रमा भिक्षा मागेर गुजारा चलाइरहेको स्थानीयले बताएका छन् ।