इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बुढी पुलबाट लागूऔषध गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटाको सागुरिगढी गाउँपालिका–८ का ३० वर्षीय सुरेन्द्र राई , २९ वर्षीय मिलन राई र २९ वर्षीय बाला राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

हिजो बेलुका ५ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थाई प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा बसिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा जेब्रा झोलामा लुकाई छिपाई राखेको लागूऔषध गाँजा ८ किलोग्राम बरामद गरेको हो ।

गाँजा बरामद भएपछि उनीहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।