इटहरीः झापाको अर्जुनधारा नगरपालिका ४ मा बोराभित्र फेला परेको छ । सोमबार बिहान बस्तीमा दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेर हेर्दा शव भेटिएको हो ।

मृतकको सनाखत हुन सकेको छैन । मृतकको पाखुरामा आरएन लेखिएको टाटु रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायबउपरीक्षक  (डीएसपी) रुगम कुबेरले जानकारी दिए ।

मृतक अन्दाजी ४०–४५ उमेर समूहको हुन सक्ने उनले बताए । शव ह्युमपाइपमुनि फालिएको अवस्थामा भेटिएको कुँवरको भनाइ छ ।

290636692_768891634284952_8163660743957515929_n

‘शव निकै व्यवस्थित रुपमा बोरामा हालेर फ्याँकिएको छ, शव राखेर प्लाष्टिकको बोरालाई सिलाइको छ’ डीएसपी कुँवरले भने, ‘बोराबाट शव निकालेर पोस्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका छौँ ।’

उनका अनुसार शव सड्ने अवस्थामा भेटिएका कारण सनाखत हुन समस्या भएको हो । प्रहरीका अनुसार मृतकको हत्या भएको हुन सक्ने अनुमान गरिएको छ ।

शवको प्रकृति हेर्दा ३–४ दिनअघि मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । शवको सनाखत हुनासाथ विस्तृत अनुसन्धानको प्रकृया सुरु गरिने डीएसपी कुँवरले जानकारी दिए ।