इटहरीः विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीमाथि पार्टीले कारबाही गर्ने भएको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा पार्टीििभत्र अन्तरघात गरेको आरोपमा उनीमाथि कारबाही हुन लागेको हो । पार्टीले उठाएका उम्मेदवारलाई चुनाव हराउन सक्रिय भएको भन्दै पार्टीको विराटनगर महानगरपालिका ३ नम्बर वडा कमिटीले उनीमाथि कारबाही गर्न सिफारिस गरेका हो ।

पार्टीको केन्द्रीय सदस्यसमेत रहेका पराजुलीलाई कारबाही गर्न सिफारिस गरेको वडा कमिटीले उनका अतिरिक्त रामचन्द्र गौतम, सत्रुघनचन्द्र पौडेल, चूडामणि पराजुली, विनोद निरौला, धर्म बानियाँ धर्मेन्द्र र कृष्ण भण्डारीमाथि पनि कारबाही गर्न सिफारिस गरेको छ ।

यसअघि पनि पार्टीका उम्मेदवारहरुले आफूहरुलाई चुनावमा असहयोग गरेको आरोपसहित यी सात जनाविरुद्ध कारबाही माग गर्दै क्षेत्रीय समितिलाई पत्राचार गरेका थिए ।