धरानः असार २० गते हुने सुनसरी उद्योग वाणिज्य सङ्घको निर्वाचनमा अध्यक्षका लागि तीन जनाले उम्मेदवारी दिएका छन् ।

आइतबार अध्यक्षमा हालका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, निवर्तमान उपाध्यक्ष विजय श्रेष्ठ र पूर्वअध्यक्ष पवन अग्रवालले उम्मेदवारी दिएको निर्वाचन अधिकृत डा। राजेन्द्र शर्माले जानकारी दिएका छन् । निर्वाचन अधिकृत डा. शर्माका अनुसार एसोसिएटतर्फ तीन जनाको उम्मेदवारी परेको छ ।

वस्तुगततर्फ सदस्यमा पाँच जनाको उम्मेदवारी परेको छ । उद्योगतर्फ सदस्य पदका लागि ८ जनाको उम्मेदवारी परेको छ । उद्योगतर्फ महिला सदस्यमा १ जनाको उम्मेदवारी परेको छ । यसैगरी, वाणिज्यतर्फ सदस्य पदमा २१ जना सदस्यको उम्मेदवारी परेको छ । वाणिज्यतर्फ महिला सदस्यमा दुई जनाले उम्मेदवारी दिएको उनले बताए ।

निर्वाचनमा दुई हजार नौ सय ७७ जनाले मतदान गर्नेछन् । वाणिज्यतर्फ सबैभन्दा बढी एक हजार आठ सय ५८, उद्योगतर्फ एक हजार तीन जना, वस्तुगत १८ र एसोसिएटतर्फ ९८ जना मतदाता रहेका छन् । एसोसियटतर्फबाट तीन जनाको मात्र उम्मेदवारी परेको छ ।

289432790_118777974193950_3385605383476012344_n

उद्योगतर्फ महिला सदस्यमा पनि १ जनाको मात्र उम्मेदवारी परेको छ । एसोसिएटतर्फ गोपाल श्रेष्ठ, अशोक जैन र राजु साहले उम्मेदवारी दिएका छन् भने उद्योगतर्फ महिला सदस्यमा स्तुति श्रेष्ठले उम्मेदवारी दिएकी छन् । उनीहरुको उम्मेदवारीमा दाबी विरोध नभएमा निर्विरोध निर्वाचित हुनेछन् ।

सङ्घमा अध्यक्षसहित १८ जना निर्वाचित हुनेछन् भने चार जना सदस्य मनोनित हुनेछन् । साथै, सदस्यहरुमध्येबाटै प्रथम उपाध्यक्ष, द्वित्तीय उपाध्यक्ष, महासचिव, कोषाध्यक्षसहित उद्योग सचिव, वाणिज्य सचिव र प्रचार सचिवको जिम्मेवारी पहिलो बैठकबाट तोक्ने प्रावधान छ ।