बराहक्षेत्रः शनिबार बिहान सप्तकोसी नदीमा डुंगा पल्टिँदा बेपत्ता भएका अमर बिष्ट अझै फेला परेका छैनन् ।

इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक टीकाबहादुर कार्कीका अनुसार प्रहरीले हिजोदेखि हराइरहेका अन्य तीनजना फेला पारेको भएपनि अमर अझै बेपत्ता रहेका छन् ।

288801936_1217054965779840_3516452588676536492_n

सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालय चतरा र चक्रघट्टीले बेपत्ताको खोजी कार्यलाई अझै तिव्रता दिइरहेको छ । प्रहरी निरीक्षक कार्की भन्छन्, ’हिजोदेखि खोजिरहेका छौं, फेला नपरेपछि आजबाट चाहिँ नदीको छेउमा खोज्न थालेका छौँ ।’

हिजो (शनिबार) कोसीमा बगाएर ल्याएको दाउरा भेला पारेर डुंगाबाट तार्ने क्रममा डुंगामा सवार बराहक्षेत्र २ का टिकाराम बस्नेत, नितेश बस्नेत, दुर्गा काफ्ले र अमर बिष्ट बेपत्ता भएका थिए ।