धरानः नेपाल महिला एकता समाजले भूमि र बासस्थानको माग गर्दै ३ दिने पदयात्रा सुरु गरेको छ । आइतबार समाजले धनकुटादेखि मोरङसम्म पदयात्रा सुरु गरी धरान आइपुगेको हो ।

समाजकी धनकुटा अध्यक्ष मङ्श्रीमाया राईको नेतृत्वमा धरान आइपु्गेको समूहलाई धरानमा स्वागत गरिएको छ । समाजले भानुचोकमा कोणसभा पनि गेर्को छ ।

290094456_333790428941689_2205859941073934726_n

 

झापा, सुनसरी, मोरङ र धनकु्टाको समूह इटहरीमा भेट हुने समाजकी सुनसरी अध्यक्ष मैया श्रेष्ठले बताइन् । भूमि र बासस्थानको अधिकारका लागि पदयात्राको नारासहित असार १२ गतेदेखि सुरु भएको पदयात्रा १४ गते विराटनगरमा पुगेर भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री ओमप्रकाश सरावगीलाइ ज्ञापनपत्र बुझाउँदै सम्पन्न हुने नेपाल एकता समाज सुनसरीकी सल्लाहकार सीता मगरले बताइन् ।

उनका अनुसार धनकुटा, सुनसरी, झापा र मोरङका ४२ जना महिलाहरू पदयात्रामा सहभागी रहेका छन् । उनले ५ जना केन्द्रीय समितिबाट पनि आाउने बताइन् ।