इटहरीः इलामको माङसेबुङ गाँउपालिका २ दहगाँउस्थित भित्री सडकखण्डमा बोलेरो दुर्घटना हुुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाँउपालिका ५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र इलामकै माङसेबुङ गाँउपालिका ६ का ५० वर्षीय प्रकाश राई रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
आज मध्यान्ह १२ः०० बजे पाँचथरको रबिबाट झापाको दमकतर्फ जाँदै गरेको मे १ ज ४८७ नं .को बोलेरो गाडी सडकबाट करिब दुई सय मिटर तल झरी दुर्घटना भएको थियो । सो दुर्घटनामा परी हिमप्रसाद र पक्राशको घटनास्थलमा नै मृत्यु भएको थियो ।
पदम कुमारीको उपचारको लागि दमक अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए । दुर्घटनालगत्तै बोलेरोका चालक फरार भएकाले खोजतलास तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।