इटहरीः सुनसरीको रामधुनी नगरपालिकालेले स्मार्ट रामधुनी कार्यक्रमअन्तर्गत अब बन्ने घरमा गुलाबी रङ लगाउन अनिवार्य गर्ने भएको छ ।

नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर शंकरलाल चौधरीले स्मार्ट रामधुनीको अवधारणा अवलम्बन गरिने बताएका हुन् । कार्यक्रमअन्तर्गत रामधुनी वडा नम्बर ५ को लोकमार्ग अन्तर्गतका घरहरुमा गुलाबी रङले रङरोगन गर्न लगाउने र क्रमश पुराना घरहरुमा पनि सोही रङ लगाउँदै जाने नीति तथा कार्यक्रमले बताएको छ ।

r2

स्मार्ट रामधुनी कार्यक्रमअन्तर्गत अब नयाँ बन्ने घरहरुमा नक्सा पास गर्दा नै घरमा लगाउनुपर्ने रङको बारेमा जानकारी दिने नीति अवलम्बन गरिने नगरपालिकाले जनाएको छ ।