इटहरीः महोत्तरीको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको जलेश्वर नगरपालिका–४ सुगागाउँ घर भई हाल गौशाला–५ स्थित दिनेश यादवको घरमा डेरा लिई बस्दै आएकी २६ वर्षीया पुनम महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक प्रकाश बिष्टका अनुसार गएराति छतमा सुकाएका कपडा लिन गएकी महतोको छतबाट अचानक लड्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।