धरानः धरान ११ का सन्दिप लम्जेलको अनुसन्धान फितलो भएको र हत्याका अभियुक्तलाई साधारण छोडेको भन्दै परिवारले आपत्ति जनाएको छ ।
शनिबार धरानमा पत्रकार सम्मेलनमा गर्दै अभियुक्त छोडेकोमा आपत्ति जनाएको हो । मृतकका बुवा मिठे सार्कीले प्रहरी प्रशासनले गम्भीर रुपमा अनुसन्धान नगरेको बताए ।
उनले हत्यमा संलग्नलाई पनि साधारण तारेखमा छोडेको बताए । उनले घटनामा संलग्न १३ वर्षीय अभियुक्तलाई समेत साधारण तारेखमा छोडेर थप अन्यानयमा पारेको बताए । उनले प्रहरीले गम्भीर रुपमा अनुसन्धान नगरेको बताए ।
परिवारले जारी गरेको विज्ञप्तिमा ‘घट्नाको गहन अनुसन्धान नगरेको र घट्नाका सम्बन्धमा अनुसन्धानबाट प्राप्त जानकारी नदिएको’ उल्लेख छ ।
‘घटना संलग्न १३ वर्षीय आरोपीलाई साधारण तारेखमा अभिभावकको जिम्मा लगाइनुले अपराधीलाई थप प्रोत्साहन गरेको हाम्रो ठहर छ’, मृतकका बुवा मिठे सार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मृतककी बहिनी मीना लम्जेलले प्रहरीले अनुसन्धानमा कमजोरी गरेको बताइन् ।
उनले प्रहरीले पोष्टमार्टम रिपोर्टको बारेमा पनि स्पष्ट जाकारी नदिएको बताइन् । आफूहरुलाई सरकारी वकिलकाले कार्यालयमा मात्र पोष्टमार्टम रिर्पोटका विषयमा जानकारी दिएको उनको भनाइ छ ।
उनले भनिन्, ‘हत्यारालाई प्रहरी छोडेको छ । जे गर्दा पनि हुने रहेछ भनेर अरुलाई पनि त मार्ला नि ।’ उनले आफूहरुलाई अदालतमा पनि खबर नगरी थप अन्यायमा पारेको बताइन् । इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठले अदालतको आदेशअनुसार अभियुक्तलाई छोडेको बताए ।
उनले भने, ‘१३ वर्षका बालक मतियारका रुपमा मात्र देखिएका छन् ।’ उनले बालबालिकासम्बन्धी ऐन २०७५ अनुसार १० वर्ष मुनिकालाई सजाय नहुने व्यवस्था भएको बताए । त्यस्तै १० देखि १४ वर्षको लाई ६ महिना वा प्रकृति हेरेर छुट दिने व्यवस्था भएकाले अदालतको आदेशअनुसार छोडिएको बताए । मृतक सन्दीप जेठ १२ गते धरान ५ स्थित तल्लो देउरालीमा मृत अवस्थामा फेला परेका थिए ।