बराहक्षेत्रः बराहक्षेत्र नगरपालिका २ नम्बर वडास्थित सप्तकोशी नदिमा डुंगा पल्टिँदा ४ जना घाइते भएका छन् । एक जना वेपत्ता भएका छन् ।
खयरघारी टप्पुमा दाउरा भेला पारेर १३ नम्बर (सिसौली घाट) भन्ने ठाउँ आउदै गर्दा बिहान ८ः ३० बजेतिर कोशीको बिचमा पल्टेको स्थानीय दिनेश न्यौपानेले जानकारी दिएका छन् ।
न्यौपानेलेकाअनुसार १ जना सकुशल निस्किएको तर ३ जना अझै बेपत्ता रहेका छन् । प्रारम्भिक जानकारी अनुसार बेपत्ता ३ मध्ये दुई जना पनि निस्किएको भन्ने सुन्नमा आएको आधिकारिक पुष्टि भने भएको छैन् । एकजना भने बेपत्ता नै रहेका छन् ।
सशस्त्र प्रहरीको बेस क्याम्प चतरा र इलका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीको टोलीले खोजी कार्य जारी राखेको छ ।