बेलबारीः बेलबारी नगरपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ । बेलबारी नगरपालिकाको एघारौँ नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो ।
नगर उपप्रमुख नितु थापा कोइरालाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो ।
आजै उपप्रमुख थापाले बेलबारी नगरपालिकाका लागि आगामी आर्थिक वर्षका लागि १ अर्ब ३७ करोड ५२ लाख ८ हजार ४ सय ३३ रुपैयाँको अनुमानित आय व्यय विवरण प्रस्तुत गरेकी छिन् ।
आयतर्फ कर, दस्तुर, शुल्क तथा राजस्वबाट १८ करोड १६ लाख संकलन हुने अनुमान गरिएको छ ।
आयतर्फ कर, दस्तुर, शुल्क तथा राजस्वबाट १८ करोड १६ लाख संकलन हुने अनुमान गरिएको छ । खुद आन्तरिक आय ५ करोड ३१ लाख र दायित्व सर्ने मौज्दात ४ करोड २५ लाख रुपैयाँ हुने अनुमान गरिएको छ । संघीय सरकार, प्रदेश सरकार र ऋणबाट १ अर्ब १९ करोड ३६ लाख ८ हजार ४ सय ३३ रुपैयाँ आय हुने अनुमान गरिएको छ ।
खर्चतर्फ प्रशासनिक र चालु खर्चतर्फ ८४ करोड ५४ लाख २५ हजार ४ सय ३३ रुपैयाँ अर्थात् ६१ दशमलव ४७ प्रतिशत अनुमान गरिएको छ । पूँजीगत खर्चतर्फ ५२ करोड ९७ लाख त्रियासी हजार रुपैयाँ अनुमान गरिएको छ । जुन कुल खर्चको ३८ दशमलव ५२ प्रतिशत हो ।
खर्चमध्ये सामाजिक विकासतर्फ ७१ करोड ९० लाख ८८ हजार ५ सय रुपैयाँ, आर्थिक विकासतर्फ ३ करोड ७० लाख ५३ हजार ५ सय रुपैयाँ, वन, वातावरण र विपद् व्यवस्थापनमा १ करोड ४२ लाख ५० हजार रुपैयाँ अनुमान गरिएको छ ।
त्यस्तै, भौतिक पूर्वाधार विकास समितितर्फ ४२ करोड २० लाख १७ हजार रुपैयाँ र सार्वजनिक सेवा तथा क्षमता विकास तर्फ १ करोड ८५ लाख ९९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।