मंगलबारेः इलाम पश्चिमि देउमाइ नगरपालिकाको बजेट पारित भएको छ । देउमाई नगरपालिका नगरकार्यपालिकाको सातौँ नगरबाट ७७ करोड २६ लाख ७९ हजारको बजेट पारित गरेको हो ।
नगरसभाले चालु खर्च ४९ करोड ७८ लाख ५७००० हजार र पूँजिगत खर्च २७ करोड ४८लाख २२ हजार बजेट विनियोजन भएको छ ।
नगर प्रमुख सुर्य पोखरेलको अध्यक्षतामा भएको नगरसभामा उप–प्रम पविमाया राईले प्रस्तुत गरेको निति तथा कार्यक्रम र बजेटमा पूर्वाधार विकास तर्फ १५ करोड ७४ लाख १० हजार, सामाजिक विकास तर्फ ३२ करोड १२ लाख ३१ हजार, आर्थिक विकास तर्फ १० करोड २६ लाख ४२ हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ ५ करोड ५९ लाख ६१ हजार र कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ १३ करोड ५४ लाख ३५ हजार बजेट विनियोजन गरिएको छ ।