इटहरीः नेकपा माओवादी केन्द्रको इटहरी उपमहानगर कमिटिले उपमहानगरको नीति तथा कार्यक्रम सन्दर्भमा स्थानीय सरकारलाई सुझाव दिएको छ ।

पार्टीले नगरप्रमुख हेमकर्ण पौडेललाई सुझावपत्र बुझाउँदै गुरुयोजना निर्माण गरी इटहरीको विकासलाई व्यवस्थित गर्न सुझाएको छ । यसैगरी, सुझावपत्रमा कृषि, स्वास्थ्य, शिक्षा तथा भौतिक पूर्वाधार विस्तारलाई विशेष प्राथमिकता दिन पनि उपमहानगरलाई सुझाव दिइएको छ । आयोजना सम्पन्न गर्दा पूर्ण गुणस्तर कायम नगरी भ्रष्टाचार हुने सम्भावनालाई पूर्णतः अन्त्य गर्न पार्टीले अनुरोध गरेको छ । इटहरी चौकमा पोर्टेबल (गतिशील) शौचालय निर्माण गर्नुपर्ने तथा बिरामीको बढ्दो चापलाई व्यवस्थित गर्न शिक्षण अस्पताल स्थापना गर्न पहल गर्नुपर्ने कुरालाई पनि पार्टीले सुझावपत्रमा समावेश गरेको छ । नगरका साँस्कृतिक धरोहरहरुको संरक्षण र औद्योगिक ग्राम स्थापनाका लागि पहल गर्नसमेत पार्टीले नगरको नेतृत्वलाई सुझाव दिएको छ ।

286856555_3306725272896728_5853317913438954866_n

यसैगरी, कृषिको प्रवद्र्धनका लागि कृषकलाई मल, बिउजस्ता कुरामा अनुदान दिन पनि पार्टीले सुझाव दिएको छ । नगरका विभिन्न वडाहरुलाई धान, गहुँ, माछा तथा तरकारी उत्पादनको पकेट क्षेत्रका रुपमा विकास गर्नुपर्ने सुझाव पनि सुझावपत्रमा समावेश छ । यसैगरी, शिक्षा क्षेत्रका हकमा नगरका निजी तथा सामुदायिक दुवै विद्यालयहरुमा नेपाल सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्रद्वारा प्रकाशित तथा वितरित पुस्तक मात्र अध्यापन गर्न पाउने व्यवस्था मिलाउन पनि पार्टीले स्थानीय सरकारको नेतृत्वलाई सुझाएको छ । यसैगरी, जीवन निर्वाहका लागि नगर क्षेत्रका सडकमा नाङ्लो, खाट आदि राखेर सानातिना व्यापार गर्ने व्यक्तिहरुबाट नगरले लिँदै आएको कर छुट गर्न पनि पार्टीले माग गरेको छ ।

first

last page second page. third page.