इटहरीः झापाको गौरादह नगरपालिका ३ स्थित जामबाडीका दुई बालिकाहरुमाथि बलात्कार गरिएको घटना सार्वजनिक भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सात र १२ वर्षीया दुई बालिकाहरुमाथि तीनचार दिनअघि बलात्कार भएको हो । पीडित बालिकाकै बयानका आधारमा प्रहरी उजुरी दर्ता गरी एक शंकास्पद अभियुक्तलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको कार्यालयले जनाएको छ ।
प्रहरीले घटनामा संलगन भनिएका शंकास्पद अभियुक्तको परिचय पनि गोप्य राखेको छ । बिहीबार राति भएको बलात्कार घटनामा हालसम्म जाहेरी भने कसैका विरुद्ध नपरेको जनाउँदै प्रहरीले अनुसन्धान भने सुरु गरिएको उल्लेख गरेको छ ।