इटहरीः झापाको गौरादह नगरपालिका–९ बैगुनधुरास्थित सडक छेउको नालीमा डुबी १ जनाको मृत्यु भएको छ ।
स्थानीय ४१ वर्षीय बुध्दराम हेमरन बुधबार बिहान घरबाट काम गर्न भनी हिँडेकोमा बेलुकासम्म घर फर्किएर नआएपश्चात् आफन्तले खोलतलास गर्ने क्रममा हिजो अपराहन्न ४ बजे घरनजिकै सडक छेउमा रहेको नालीको पानीमा डुबी मृत अवस्थामा फेला परेका थिए ।
मृतकको शव पोष्टमार्टमको लागि दमक अस्पताल पठाइएको र घटना सम्वन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।