इटहरीः मोरङको विराटनगर महानगरपालिका–१७ मा रहेको रघुपति जुटमिलको मेसिनले हात काट्दा १ जना अपरेटरको मृत्यु भएको छ ।
गएराति १०ः०० बजे जुटमिलमा अपरेटरको काम गर्ने विराटनगर–१४ का ४२ वर्षीय राजो कामतको मेसिनमा काम गरीरहेको अवस्थामा अचानक मेसिनले बायाँ हातको कुमबाटै काटेपछि उनी घाइते भएका थिए ।
घाइते कामतलाई तत्काल उपचारको लागि विराट नर्सिङ होम लगिएकोमा डाक्टरले चेकजाँचको क्रममा मृत घोषणा गरेको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।