विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८१ करोड ५३ लाख ६२ हजार ७ सय ३४ ?पैयाँको बजेट प्रस्तुत गरेको छ । सो बजेटको आयमध्ये आन्तरिक आयतर्फ १३ करोड ९५ लाख ?पैयाँ संकलन हुने अनुमान गरिएको छ ।
दशौं नगरसभाको तेस्रो बैठकमा आज नगर उपप्रमुख अकली चौधरीले बजेट प्रस्तुत गरेकी हुन् ।नगरपालिकाको दशौं नगरसभाको पहिलो बैठकमा असार ७ गते आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक भएको थियो ।आज दिउँसो ३ बजे भएको नगरसभाको दोस्रो बैठकले सो नीति तथा कार्यक्रम पारित गरेको थियो ।
नीति तथा कार्यक्रम पारित हुनुअघि नगरसभा सदस्यले उठाएका जिज्ञासाको नगरप्रमुख केदारप्रसाद गुरागाईँले जवाफ दिएका थिए । नगर प्रमुखले जवाफ दिएपछि सो नीति तथा कार्यक्रम पारित भएको थियो ।
त्यसपछि आज बेलुका ५ बजे बसेको दशौँ नगरसभाको तेस्रो बैठकमा उपप्रमुख चौधरीले बजेट प्रस्तुत गरेकी थिइन् । सोही बैठकमा विनियोजन विधेयक २०७९ तथा आर्थिक विधेयक २०७९ पारित भएको थियो ।
सोही बैठकले पूर्व योग्यता परीक्षणबिना विभिन्न मितिमा नियुक्त गरिएका करार सेवाका कर्मचारीको करार अवधि नवीकरण नगर्नेलगायतका विभिन्न ८ वटा निर्णय पनि गरेको छ ।