इटहरीः सिरहा सदरमुकाम लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत एक नायबसुब्बालाई सेवाग्राहीमाथि अश्लिल गालीगलौज तथा दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कार्यालयका नायबसुब्बा वासुदेव महतो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभन भएपछि उनले दुर्व्यवहार गरेको आरोप छ । डिएसपी कुमार मैनालीले उनलाई नियन्त्रणमा लिइएको बताए ।