सार्वजनिक खरिद ऐनको धज्जी उडाउँदै इटहरी उपमहानगर, बोराको ७१४ मा खरिद गरेको सिमेन्टको भुक्तानी ९६० रुपैयाँ

  • असार ९, २०७९
  • १७४५ पटक पढिएको
  • प्रकाश बन्जारा
alt

इटहरीः इटहरी उपमहानरपालिकाले सार्वजनिक खरिद नियमावलीको मर्मविपरीत उपभोक्ता समितिलाई भुक्तानी गर्दा बिल बिजक नहेरी लागत अनुमानको आधारमा मात्रै ठूलो रकम भु्क्तानी गरेको पाइएको छ ।

उपमहानगरले आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न उपभोक्ता समितिमार्फत् भएका कामको भुक्तानी गर्दा सामान खरिद गरेको भन्दा २८ लाख ६० हजार ३७८ रुपैयाँ बढी भुक्तानी दिएको पाइएको हो ।

सार्वजनिक खरिद नियमावलीमा उपभोक्ता समितिले हरेक किस्ताको कामको प्राविधिक मूल्याङ्कन, बिल भरपाई र खर्च प्रमाणित गर्ने अन्य कागजात सम्बन्धित कार्यालयमा पेस गर्नुपर्ने र कार्यालयले सोही आधारमा रकम भुक्तान गर्नुपर्ने नियम भएता पनि नगरपालिकाले लागत अनुमान (इस्टिमेट) कै आधारमा बिल बिजक नहेरी बढी रकम भुक्तान गरेको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ ।

उपमहानगरपालिकाको २०७८ असार ३० गतेको भौचर नम्बर १२७ बाट ७१४ रुपैयाँ प्रतिबोरा मूल्यमा खरिद गरिएको ओपीसी सिमेन्टको भुक्तानी ९६० रुपैयाँको दरले दिएको छ भने सोही मितिमा सोही भौचर नम्बरबाट ६०४ रुपैयाँ प्रतिबोराका दरले खरिद गरिएको पीपीसी सिमेन्टको भुक्तानीसमेत ९६० रुपैयाँ पचास पैसा प्रतिबोराका दरले दिइएको छ ।

289101708_571351394585184_1825786166780634575_n

 

यसैगरी, उपमहानगरले २०७८ असार ३० गते एक नम्बर इटामा १६ रुपैँया ३८ पैसा प्रतिगोटाका दरले खरिद गरेको बिल पेस भएकोमा १९ रुपैँया ७८ पैसाका दरले भुक्तानी दिएको छ । नगरले विभिन्न भौचर नम्बरबाट एक नम्बर इटाको भुत्तानी गर्दा प्रतिइटा १ रुपैयाँ ७५ पैसादेखि लिएर ३ रुपैयाँ ४ पैसासम्म बढी रकमको भुक्तानी दिएको छ ।

यता सिमेन्टमा पनि ओपीसी र पीपीसी सिमेन्टमा १८७ रुपैयाँ प्रतिबोरादेखि ३९६ रुपैयाँ प्रतिबोरासम्म बढी रकम भुत्तान गरेको छ भने टीएमटी छडमा समेत सोही प्रकारले बिल बिजकमा लेखिएभन्दा बढी भुक्तानी दिएको छ ।

उपमहानगरले ७९ रुपैयाँ प्रतिकिलोमा खरिद गरेको फलामे छडको अनुमानित लागत मूल्य देखाई ९७ रुपैयाँ १८ पैसाका दरले भुक्तानी गरेको पाइएको छ । यसैगरी २०७७ माघ ९ गते उपमहानरले १ सय वाटको सोलार पाता खरिद गर्दा ६ वटा सोलार पातामा २६ हजार ८ सय ५० रुपैयाँ बढी भुक्तान गरेको छ ।

अनुमानित लागत मूल्य १४ हजार रुपैयाँ प्रतिगोटा भएकोमा उपभोक्ता समितिबाट आएको बिलमा १८ हजार ४७५ रुपैयाँ देखाइएकोमा नगरपालिकाले सोही बिलको आधारमा भुक्तानी दिएको महालेखापरीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनले खुलाएको छ ।

प्रतिक्रिया दिनुहोस

विमानस्थल र उपत्यका ट्राफिक प्रहरी डीआईजीको कमाण्डमा

इटहरीः सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल प्रहरी शिक्षालय भरतपुर र उपत्यका ट्राफ ...

विजय श्रेष्ठ बने सुनसरी उद्योग वाणिज्य संघका नयाँ अध्यक्ष

धरानः उद्योग वाणिज्य संघ सुनसरीको निर्वाचन सम्पन्न भएको छ । धरानमा सम्पन्न निर्वाचनबाट नेपाली कांग्र ...

उपभोक्ता ठगीको आरोपमा नौ ओटा पसलमाथि कारबााही

पर्साः वीरगञ्जस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले बारा कलैयाका विभिन्न नौ पसललाई ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved