इटहरीः अन्तर्राष्ट्रिय ओलम्पिक दिवस सन् २०२२ को अवसरमा प्रदेश एक तेक्वान्दो संघले इटहरीस्थित प्रादेशिक रंगशालामा सरसफाइ कार्यक्रमको आयोजना गरेको छ ।

प्रदेश नम्बर १ तेक्वान्दो संघका अध्यक्ष शैलेशकुमार बिष्टका अनुसार सरसफाइ कार्यक्रममा सुनसरी क्षेत्रका तेक्वान्दो खेलाडी, प्रदेश १ तेक्वान्दो संघका पदाधिकारी तथा सदस्य र तेक्वान्दोमा समर्पितहरुको सहभागिता रहेको थियो ।

288206942_1455317684916480_1118216356982770957_n

खेलाडीको सामािजक उत्तरदायित्वअन्तर्गत आफूहरुले विभिन्न डोजाङ्ग, तेक्वान्दो प्रशिक्षक, रेफ्री तथा खेलाडीहरुको सहभागितामा सरसफाइ कार्यक्रमको आयोजना गरेको अध्यक्ष बिष्टले प्रदेश पोर्टललाई बताए ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारालाई आत्मसात गरेको तेक्वान्दो संघले बुधबारको सरसफाइ कार्यक्रममा २ सय जनाको हाराहारीमा सहभागिता रहेको बताएको छ ।