इटहरीः नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठन इटहरी उपमहानगर कमिटीले बुधबार आफ्नो कार्यालयको उद्घाटन गरेको छ ।

लामो समयदेखि संगठन भएपनि कार्यालय नभएका कारण संगठन गतिविधि तथा व्यापारीहरुको गुनासो राख्ने ठाँउ नभएको र त्यसले गर्दा संगठन विस्तारजस्ता क्रियाकलापमा बाधा परेकाले कार्यालयको स्थापना गरिएको संगठनले बताएका छ ।

संगठनले इटहरी वडा नम्बर ९ स्थित हटियालाइनमा बुधबार विविध कार्यक्रमका साथ कार्यालयको उद्घाटन गरेको हो ।

कार्यलय उद्घाटनका क्रममा नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठन इटहरी उपमहानगर कमिटी अध्यक्ष मोतिराम चौधरीको अध्यक्षता तथा इटहरी वडा नम्बर ९ का अध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठन केन्द्रीय सल्लाहकार टेकनाथ भट्टराई, केन्द्रीय उपमहासचिव प्रदीप तामाङ, केन्द्रीय सदस्य संगीता कार्की, इटहरी वडा नम्बर ९ का वडासदस्य कल्पनकुमार घिमिरे, सार्वजनिक यातायात केन्द्रीय महासंघ १ नः प्रदेश कमिटीका महासचिव रमेश खत्री, नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठन १ प्रदेश समन्वय कमिटी उप अध्यक्ष मोहम्मद ईल्याल्यस, प्रदेश सल्लाहकार हेमप्रसाद बराल, जिल्ला कमिटी अध्यक्ष ज्ञानबहादुर खड्का, जुट विकास टोल विकास समितिका उपाअध्यक्ष नयन्द्र कटवाल, सल्लाहकार रजितकुमार महतो, जिल्ला कमिटी उपाध्यक्ष लीलादेवी काफ्ले, कोषअध्यक्ष रन्जान शाह, सह – सचिव मनिष चौधरी, जिल्ला सदस्य गणेश बुढाथोकी लगायतको उपस्थिति थियो ।

कार्यक्रममा नेपाल स्वरोजगार व्यापार श्रमिक संघका पोखरा नगर कमिटी निवर्तमान अध्यक्षसमेत रहेका इन्द्र श्रेष्ठलाई सम्मानसमेत गरिएको थियो । सोही अवसरमा संगठनका जिल्ला कमिटी सहसचिव मनिष चौधरीको जन्मोत्सवसमेत मनाइएको थियो ।